Pages

Wednesday, November 19, 2014

दाई मेरो नि कार्ड छ

द्रिश्य १

       शन्खमुल-बानेश्वोरको उकालो काटेर माईक्रोबस भर्खर बबरमहलको सडक तर्फ कुद्दै छ । खलासी कराउछ " ल भाडा निकाल्नुस् त सबैले अघिल्लो सिटमा बसेको एकजना ले १० रुपैयांको नोठ खलासिको हातमा थम्याउदै- "कार्ड छ ।" खलासी- "कार्ड देखाउनुस् "त्यो मान्छेले आफ्नो पर्सबाट कार्ड देखाउछ । खलासी कार्ड हातमा लिन्छ, ओल्टाइपल्टाइ दुबइ साइड हेर्छ र 'ठीक छ' को शैलीमा फिर्ता दिन्छ । म त्यो मान्छेलाई उसले थाहा नपाउने गरी एक नजर लगाउछु । २ जनाको सिटमा Adjust गरेर निकै अप्थ्यारो गरी बसेकी कलेज ड्रेस वाला केटीको भाडा लिएपछी खलासी मेरो साइडमा बसेकी एउती महिलातर्फ हेर्दै "तपाईंको ?" उनी कार्ड र पैसा सँगसङै दिन्छिन, खलासी कार्ड नहेरी फिर्ता गर्छ । उमेरले लगभग ४० देखिने ति महिलातर्फ फर्किन्छु म । एसो गर्दा मेरा आँखा तिनका आँखासँग जुध्न पुग्छन । म तत्काल असजिलो महशुश गर्छु र ध्यान अन्यत्त्रै मोड्छु । खलासी म तिर हेर्छ । म २० रुपैयांको नोठ दिन्छु , उ मतिर हेरेर एक्कैछिन अडिन्छ, म बाट अरु केही कुर अपेक्ष्या गरेझैं । उ मलाई ५ रुपैयां फिर्ता दिन्छ र आफ्नो काम सुचारु गर्छ । मैले हिजोमात्र २ जना साथीहरुलाई नक्कली कार्ड बनाउनको लागि फोटो दिएको थिए । मनमनै सोचें- "२-४ दिनपछी खलासिको अपेक्ष्या पुरा गरिदिनेछु ।"

द्रिश्य २


जमलमा बस कुरेको एकै छिनमा टुप्लुक्क शेहेन्शाको माईक्रोबस आइपुग्यो । तर बस टनाटन मान्छेले भरिएको । भित्रका मान्छे प्रेसरले झ्यालबाट बहिर निस्कलानजस्तो ।। बसो कस्टसाथ उभिएका दया लाग्नेगरी , बस्नेहरुको पनि हालत उस्तै थियो । खलासी त ढोकाको झ्याल बाहिरै उसका दुई खुट्टा बाहेक । अफिस पुग्न ढिला भैसकेको थियो । मसँग बिकल्प थिएन । मैले रोक्नु भनी हातले ईशारा गरें । तर बस रोकिएन गूडेर अली पर पुग्यो । खलासिले अगाडि आउनु हातले ईशारा गर्दै करायो " लैन्चौर ठमेल गोङबु सामाखुशी शेहेन्शा " अनी फेरी "लैन्चौर ........... "
बस भित्र छिर्दै गर्दा अगाडिको सिटबाट एउटा परिचित हात मतिर लम्किन्छ , म हात मिलाउन खोज्छु तर बस गूडीरहेकोले असमर्थ हुन्छु ,उ मतिर हेरेर मुस्काउछ मात्र !! सबै प्यासेन्जरलाई भित्र ठेलेर खलासी माईक्रोबसको ढोका लगाउने जबर्जस्त प्रयास गर्छ । एसो गर्दा म सिटमा बसिराखेकी एकजना केटीको काखमै पुग्छु । उसको केशले मेरो अनुहारमा स्पर्श गर्छ जसबाट मन्द बास्ना आईराखेको थियो । उसले आफ्ना ठुल्ठुला गाजले आँखा एकैपटक ममाथी बर्षाई उफ् खाउली झै गरी ..म सानो स्वरमा "सरी" भन्छु र बल्लतल्ल उसबाट आफुलाई अलग गर्छु । मैले उसको अनुहारमा दोहोर्याएर हेर्ने साहास गर्न सकिन । लैन्चौर पुगेर २-३ जना मानिस झरेपछी एउटा सिटको छेउमा अलिकती स्पेस खाली हुन्छ, म मौकाको फाईदा उठाउदै हत्तपत्त बस्न पुग्छु र दङग पर्छु मसङै बस चड्नेहरु उभिरहदा आफु बस्न पाएकोमा ।
म अगाडिको साथीतर्फ हेर्छु अघी मिलाउन नपाएको हात तेर्साउछु । हामी दुबै  दह्रोसँग हात मिलाउछौ । सामाखुशीको साघुरो रोडमा पैदलयात्रीको भिड छिचोल्दै बस अगाडि बढ्दै छ । एकैछिन्मा कुन्नी के सम्झेछु ,म त्यो केटी बसेको सिटतिर आँखा लगाएं उ कतिबेला झरिसकिछ पत्तै पाएनछु । मसँग उसको कुनै चिज थिएन सम्झनालाई दुइटा बल्ड्याङ्रे आँखा र केशको सुगन्ध बाहेक!! "सामाखुशी झर्नेले भाडा दिनुस् त"  खलासी करायो म त्यती वास्ता गरिन । एकछिनपछी अगाडिबाट साथीले खलासिलाई पैसा दिदै भन्यो -"२ जनाको कार्ड छ ।" म केही बोलिन ।। उसले मतिर हेर्यो र कार्ड देखाउन ईशारा गर्‍यो । "म सँग कार्ड छैन ...."खलासीले उसको कार्ड Discount  र मेरो पुरा भाडा कटाएर बांकी पैसा उसलाई फिर्ता दियो ।    

द्रिश्य ३

चक्रपथ पारीक्रमा लेखिएको बस , साझं ६:३० बजेतिर सामाखुशीदेखी एरपोर्ट पुगुन्जेल मेरो छेउको एक सिट खाली थियो । प्रेम, राजनीति घर परिवार अनी आउदो महिनाको सुरुमा घरबेटिलाई बुझाउनुपर्ने भाडा इत्यादीका बारेमा मनमा अनेकथरी बिचारका ज्वारभाटाहरु चल्दै थिए । म एकोहोरिएर झ्यालबहिर झमक्क अध्यारो हुनुअघिका एरपोर्टसाइडका केही घरहरु, आ-आफ्नो गन्तब्यमा पुग्न हतार मान्छेको भिड र कतै कतै हल्का बादलका टुक्रा देखीने प्राय निलो आकाश एकैपटक नियाल्दै थिए । मन एकोरिहेको थियो ।
एक्कासी साइडबाट एउटा केटीको आवाज आयो : " तपाईं कहाँ झर्ने हो? " म अक्क न बक्क परें । केही क्ष्यणअघी सयौं कुरा भरिएको मेरो दिमाग एक्कासी खाली भयो । केही बोल्न ओठ चलाएं तर आवाज निस्केन । आफ्नो मुटुको धड्कन बढीरहेको महसुश गरें । म केही हड्बडाएको देखेर उसले आफ्नो प्रश्न फेरी दोहोर्याइ । बल्ल मैले "म बालकुमारी झर्ने"  भनेर जवाफ दिएं । लगत्तै " तपाईं कहाँ झर्ने नि ? " भनेर उसलाई नि सोध्नुपर्ने होकी भन्ने बिचार  गरें तर एकछिन अडिएं  । उसले तत्कालै भनी - " सुन्नुस् न , तपाईं पछाडिको सिटमा बस्नुस् न यहाँ म र मेरो साथी बस्छौं " त्यसबेला म भाबनाको आध्धा आध्धी उचाइबाट एकैपटक भुइंमा पछारिएको अनुभब गरें मैले । तर यो कुर केटीले थाहा नपाओस जस्तेरी मैले टाउको हल्लाएर हुन्छ भने । सिटबाट उठेर पछाडि हेरें, दुई सिट पछाडिबाट एउटा केटा केटी भएतिर अगाडि बढ्यो । म भने पछाडिको सिटमा थ्याच्च बसें । एसो वरीपरी मलाई हेरिरहेका यात्राुहरुलाई नजर दिएं अनी पुरानै पारीबेशमा फर्किने जबर्जस्त प्रयास गरें, मानौं अघी भर्खर केही भएकै छैन जस्तो गरी । थोत्रो गाडी बिस्तारै कुद्दै थियो। आफुलाई सम्हलिसकेपछी ति जोडी बसेको सिटतिर नजर लगाएं तर ति सिट त खाली थिए । त्यो जोडी बसबाट बाहिरिसकेको रहेछ।
फेरी मनमा अनेक तर्कनाहरु खेलाउदै थिए। एक्कैछिनमा के के सोचेछु के के म त बसमा यात्रा गरिरहेको छु भन्ने कुरा नै भुल्न पुगेछु। मेरो एकाग्रतालाई तोड्दै बसको अगाडिपट्टिबाट एउटा आवाज मेरो कानमा ठोक्कियो -" बालकुमारी झर्ने कोही छ ? "  हत्तपत्त ब्यागभित्र हात घुसारें र २० रुपैयांको नोठ निकाल्दै मनमनै हिसाबकिताब गर्न लागें (हुन त सामाखुशीदेखी बालकुमारीसम्मको २५ रुपैयं भाडा लाग्थ्यो) एक त १ घण्टाको दौरानमा को मान्छे कहांबाट चढेको हो भन्ने कुरा खलासीलाई सम्झन गाह्रो हुन्छक अझ त्यसमाथि झिमिक्क अध्यारो भईसकेको थियो । सोचें- एसरी दिनदिनै कम्तिमा ५ रुपैयां बचाउदै जाएन हो भएन नि ४ दिनपुग्दा त अर्को एक दिनको लागि भाडा उघ्रिन्छ नि ! हल्का मुस्काएं तर अरुले चाल नपाउने गरी।। सिटबाट उठेर बसको ढोकानेर पुगें । खलासिलाई २० रुपैयांको नोठ दिदै भने - "चक्रपथदेखी" हातले ढ्याप्प ढोकामा हान्दै खलासी करायो -"पुलवारी छ है " बसको गती बिस्तारै घट्यो अनी रोकियो । म फुत्त बसबाट झरें अनी बाटो क्रश गरेर सधैंझैं आफ्नो कोठातिर लागें । 



द्रिश्य ४ (अन्तिम द्रिश्य)


              शनिबारको दिन, अफिस जानु नपर्ने भएकोले कोठामा आनन्दसँग बसिराखेको थिएं । अरु सरकारी बिदाको दिन समेत अफिस छुट्टी नहुने भएकोले मेरा लागि शनिबार औधी प्यारो लाग्ने गर्थ्यो, जसको प्रतिक्ष्या म हप्ताभरी नै गरिरहन्थें । बिध्ध्यार्थी ID कार्ड नहुँदा गाडी भाडामा दोब्बर पैसा खर्च भाईराखेको टेन्सनले दिमागभरी डेरा जमाइरहेको थियो । नक्कली कार्ड बनाइदिन्छु भन्दै फोटो लिने साथीहरुबाट पनि काम बन्ने कुनै गुन्जायस देखिएन ।

भोलीपल्ट बिहानै अफिस जाने गाडीभाडा चेक गर्न पर्समा आँखा लगाएं । पर्सको एउटा कुनामा कलेजको पुरानो कार्ड फेला पर्‍यो । Date expire भईसकेको । मनमनै सोचें- "म मात्रै किन सोझो भईरहनु, यही कार्डमा Date थपेर चलाऊछु ।"  मनभरी खुशीयाली छायो अनी अलिकती पछुतो पनि । पहिल्यै यो Idea मेरो दिमागमा किन आएन होला !
१ बर्षको Date बढाएं र Roommate लाई भने -"भाइ Campus Chief बन्ने हो?" ल्यापटप को स्क्रीन बाट उसले दुइवटै बेरोजगार आँखाहरु मतिर पल्टायो मन नलाई नलाई !!
"भाइ यहाँ Signature गरुम त "
उसले कार्ड हातमा लिएर Signature गर्न तम्सियो । मैले सतर्क गराएं -"Signature Ditto हुनुपर्छ नि । " उसले खाली कागजमा एकपटक Practice गर्‍यो । मैले एस्सो नजर लगाएं र भने -"ल यत्तिको भये त काम चलिहाल्यो नि । " उसले मेरो ID कार्डमा Signature गर्‍यो र गर्बसाथ भन्यो -"ठ्याक्कै Campus Chief हो नि भाई हामी त " अनी मुसुक्क हांस्यो ।
ID कार्ड हातमा लिएं र खलासीको नजरले कार्ड चेक गरें । कार्ड नक्कली भन्नलाई कुनै प्रमाण थिएन । अरु कसैले गर्न नसकेको काम गरेझैं म असाध्यै खुशी भयें । अनी सोचें- अब त म पनि ढुक्कसँग खलासिलाई भन्नेछु - "दाई मेरो नि कार्ड छ । "

No comments:

Post a Comment