दाई मेरो नि कार्ड छ
द्रिश्य १
शन्खमुल-बानेश्वोरको उकालो काटेर माईक्रोबस भर्खर बबरमहलको सडक तर्फ
कुद्दै छ । खलासी कराउछ " ल भाडा निकाल्नुस् त सबैले अघिल्लो सिटमा बसेको
एकजना ले १० रुपैयांको नोठ खलासिको हातमा थम्याउदै- "कार्ड छ ।" खलासी-
"कार्ड देखाउनुस् "त्यो मान्छेले आफ्नो पर्सबाट कार्ड देखाउछ । खलासी कार्ड
हातमा लिन्छ, ओल्टाइपल्टाइ दुबइ साइड हेर्छ र 'ठीक छ' को शैलीमा फिर्ता
दिन्छ । म त्यो मान्छेलाई उसले थाहा नपाउने गरी एक नजर लगाउछु । २ जनाको
सिटमा Adjust गरेर निकै अप्थ्यारो गरी बसेकी कलेज ड्रेस वाला केटीको भाडा
लिएपछी खलासी मेरो साइडमा बसेकी एउती महिलातर्फ हेर्दै "तपाईंको ?" उनी
कार्ड र पैसा सँगसङै दिन्छिन, खलासी कार्ड नहेरी फिर्ता गर्छ । उमेरले लगभग
४० देखिने ति महिलातर्फ फर्किन्छु म । एसो गर्दा मेरा आँखा तिनका आँखासँग
जुध्न पुग्छन । म तत्काल असजिलो महशुश गर्छु र ध्यान अन्यत्त्रै मोड्छु ।
खलासी म तिर हेर्छ । म २० रुपैयांको नोठ दिन्छु , उ मतिर हेरेर एक्कैछिन
अडिन्छ, म बाट अरु केही कुर अपेक्ष्या गरेझैं । उ मलाई ५ रुपैयां फिर्ता
दिन्छ र आफ्नो काम सुचारु गर्छ । मैले हिजोमात्र २ जना साथीहरुलाई नक्कली
कार्ड बनाउनको लागि फोटो दिएको थिए । मनमनै सोचें- "२-४ दिनपछी खलासिको
अपेक्ष्या पुरा गरिदिनेछु ।"
द्रिश्य २
जमलमा
बस कुरेको एकै छिनमा टुप्लुक्क शेहेन्शाको माईक्रोबस आइपुग्यो । तर बस
टनाटन मान्छेले भरिएको । भित्रका मान्छे प्रेसरले झ्यालबाट बहिर
निस्कलानजस्तो ।। बसो कस्टसाथ उभिएका दया लाग्नेगरी , बस्नेहरुको पनि हालत
उस्तै थियो । खलासी त ढोकाको झ्याल बाहिरै उसका दुई खुट्टा बाहेक । अफिस
पुग्न ढिला भैसकेको थियो । मसँग बिकल्प थिएन । मैले रोक्नु भनी हातले ईशारा
गरें । तर बस रोकिएन गूडेर अली पर पुग्यो । खलासिले अगाडि आउनु हातले
ईशारा गर्दै करायो " लैन्चौर ठमेल गोङबु सामाखुशी शेहेन्शा " अनी फेरी
"लैन्चौर ........... "
बस भित्र छिर्दै गर्दा अगाडिको सिटबाट एउटा
परिचित हात मतिर लम्किन्छ , म हात मिलाउन खोज्छु तर बस गूडीरहेकोले असमर्थ
हुन्छु ,उ मतिर हेरेर मुस्काउछ मात्र !! सबै प्यासेन्जरलाई भित्र ठेलेर
खलासी माईक्रोबसको ढोका लगाउने जबर्जस्त प्रयास गर्छ । एसो गर्दा म सिटमा
बसिराखेकी एकजना केटीको काखमै पुग्छु । उसको केशले मेरो अनुहारमा स्पर्श
गर्छ जसबाट मन्द बास्ना आईराखेको थियो । उसले आफ्ना ठुल्ठुला गाजले आँखा
एकैपटक ममाथी बर्षाई उफ् खाउली झै गरी ..म सानो स्वरमा "सरी" भन्छु र
बल्लतल्ल उसबाट आफुलाई अलग गर्छु । मैले उसको अनुहारमा दोहोर्याएर हेर्ने
साहास गर्न सकिन । लैन्चौर पुगेर २-३ जना मानिस झरेपछी एउटा सिटको छेउमा
अलिकती स्पेस खाली हुन्छ, म मौकाको फाईदा उठाउदै हत्तपत्त बस्न पुग्छु र
दङग पर्छु मसङै बस चड्नेहरु उभिरहदा आफु बस्न पाएकोमा ।
म अगाडिको
साथीतर्फ हेर्छु अघी मिलाउन नपाएको हात तेर्साउछु । हामी दुबै दह्रोसँग
हात मिलाउछौ । सामाखुशीको साघुरो रोडमा पैदलयात्रीको भिड छिचोल्दै बस अगाडि
बढ्दै छ । एकैछिन्मा कुन्नी के सम्झेछु ,म त्यो केटी बसेको सिटतिर आँखा
लगाएं उ कतिबेला झरिसकिछ पत्तै पाएनछु । मसँग उसको कुनै चिज थिएन सम्झनालाई
दुइटा बल्ड्याङ्रे आँखा र केशको सुगन्ध बाहेक!! "सामाखुशी झर्नेले भाडा
दिनुस् त" खलासी करायो म त्यती वास्ता गरिन । एकछिनपछी अगाडिबाट साथीले
खलासिलाई पैसा दिदै भन्यो -"२ जनाको कार्ड छ ।" म केही बोलिन ।। उसले मतिर
हेर्यो र कार्ड देखाउन ईशारा गर्यो । "म सँग कार्ड छैन ...."खलासीले उसको
कार्ड Discount र मेरो पुरा भाडा कटाएर बांकी पैसा उसलाई फिर्ता दियो
।
द्रिश्य ३
चक्रपथ
पारीक्रमा लेखिएको बस , साझं ६:३० बजेतिर सामाखुशीदेखी एरपोर्ट पुगुन्जेल
मेरो छेउको एक सिट खाली थियो । प्रेम, राजनीति घर परिवार अनी आउदो महिनाको
सुरुमा घरबेटिलाई बुझाउनुपर्ने भाडा इत्यादीका बारेमा मनमा अनेकथरी बिचारका
ज्वारभाटाहरु चल्दै थिए । म एकोहोरिएर झ्यालबहिर झमक्क अध्यारो हुनुअघिका
एरपोर्टसाइडका केही घरहरु, आ-आफ्नो गन्तब्यमा पुग्न हतार मान्छेको भिड र
कतै कतै हल्का बादलका टुक्रा देखीने प्राय निलो आकाश एकैपटक नियाल्दै थिए ।
मन एकोरिहेको थियो ।
एक्कासी साइडबाट एउटा केटीको आवाज आयो : "
तपाईं कहाँ झर्ने हो? " म अक्क न बक्क परें । केही क्ष्यणअघी सयौं कुरा
भरिएको मेरो दिमाग एक्कासी खाली भयो । केही बोल्न ओठ चलाएं तर आवाज निस्केन
। आफ्नो मुटुको धड्कन बढीरहेको महसुश गरें । म केही हड्बडाएको देखेर उसले
आफ्नो प्रश्न फेरी दोहोर्याइ । बल्ल मैले "म बालकुमारी झर्ने" भनेर जवाफ
दिएं । लगत्तै " तपाईं कहाँ झर्ने नि ? " भनेर उसलाई नि सोध्नुपर्ने होकी
भन्ने बिचार गरें तर एकछिन अडिएं । उसले तत्कालै भनी - " सुन्नुस् न ,
तपाईं पछाडिको सिटमा बस्नुस् न यहाँ म र मेरो साथी बस्छौं " त्यसबेला म
भाबनाको आध्धा आध्धी उचाइबाट एकैपटक भुइंमा पछारिएको अनुभब गरें मैले । तर
यो कुर केटीले थाहा नपाओस जस्तेरी मैले टाउको हल्लाएर हुन्छ भने । सिटबाट
उठेर पछाडि हेरें, दुई सिट पछाडिबाट एउटा केटा केटी भएतिर अगाडि बढ्यो । म
भने पछाडिको सिटमा थ्याच्च बसें । एसो वरीपरी मलाई हेरिरहेका
यात्राुहरुलाई नजर दिएं अनी पुरानै पारीबेशमा फर्किने जबर्जस्त प्रयास
गरें, मानौं अघी भर्खर केही भएकै छैन जस्तो गरी । थोत्रो गाडी बिस्तारै
कुद्दै थियो। आफुलाई सम्हलिसकेपछी ति जोडी बसेको सिटतिर नजर लगाएं तर ति
सिट त खाली थिए । त्यो जोडी बसबाट बाहिरिसकेको रहेछ।
फेरी मनमा अनेक
तर्कनाहरु खेलाउदै थिए। एक्कैछिनमा के के सोचेछु के के म त बसमा यात्रा
गरिरहेको छु भन्ने कुरा नै भुल्न पुगेछु। मेरो एकाग्रतालाई तोड्दै बसको
अगाडिपट्टिबाट एउटा आवाज मेरो कानमा ठोक्कियो -" बालकुमारी झर्ने कोही छ ?
" हत्तपत्त ब्यागभित्र हात घुसारें र २० रुपैयांको नोठ निकाल्दै मनमनै
हिसाबकिताब गर्न लागें (हुन त सामाखुशीदेखी बालकुमारीसम्मको २५ रुपैयं भाडा
लाग्थ्यो) एक त १ घण्टाको दौरानमा को मान्छे कहांबाट चढेको हो भन्ने कुरा
खलासीलाई सम्झन गाह्रो हुन्छक अझ त्यसमाथि झिमिक्क अध्यारो भईसकेको थियो ।
सोचें- एसरी दिनदिनै कम्तिमा ५ रुपैयां बचाउदै जाएन हो भएन नि ४ दिनपुग्दा त
अर्को एक दिनको लागि भाडा उघ्रिन्छ नि ! हल्का मुस्काएं तर अरुले चाल
नपाउने गरी।। सिटबाट उठेर बसको ढोकानेर पुगें । खलासिलाई २० रुपैयांको नोठ
दिदै भने - "चक्रपथदेखी" हातले ढ्याप्प ढोकामा हान्दै खलासी करायो
-"पुलवारी छ है " बसको गती बिस्तारै घट्यो अनी रोकियो । म फुत्त बसबाट झरें
अनी बाटो क्रश गरेर सधैंझैं आफ्नो कोठातिर लागें ।
द्रिश्य ४ (अन्तिम द्रिश्य)
शनिबारको दिन, अफिस जानु नपर्ने भएकोले कोठामा आनन्दसँग बसिराखेको थिएं ।
अरु सरकारी बिदाको दिन समेत अफिस छुट्टी नहुने भएकोले मेरा लागि शनिबार औधी
प्यारो लाग्ने गर्थ्यो, जसको प्रतिक्ष्या म हप्ताभरी नै गरिरहन्थें ।
बिध्ध्यार्थी ID कार्ड नहुँदा गाडी भाडामा दोब्बर पैसा खर्च भाईराखेको
टेन्सनले दिमागभरी डेरा जमाइरहेको थियो । नक्कली कार्ड बनाइदिन्छु भन्दै
फोटो लिने साथीहरुबाट पनि काम बन्ने कुनै गुन्जायस देखिएन ।
भोलीपल्ट
बिहानै अफिस जाने गाडीभाडा चेक गर्न पर्समा आँखा लगाएं । पर्सको एउटा
कुनामा कलेजको पुरानो कार्ड फेला पर्यो । Date expire भईसकेको । मनमनै
सोचें- "म मात्रै किन सोझो भईरहनु, यही कार्डमा Date थपेर चलाऊछु ।" मनभरी
खुशीयाली छायो अनी अलिकती पछुतो पनि । पहिल्यै यो Idea मेरो दिमागमा किन
आएन होला !
१ बर्षको Date बढाएं र Roommate लाई भने -"भाइ Campus
Chief बन्ने हो?" ल्यापटप को स्क्रीन बाट उसले दुइवटै बेरोजगार आँखाहरु
मतिर पल्टायो मन नलाई नलाई !!
"भाइ यहाँ Signature गरुम त "
उसले
कार्ड हातमा लिएर Signature गर्न तम्सियो । मैले सतर्क गराएं -"Signature
Ditto हुनुपर्छ नि । " उसले खाली कागजमा एकपटक Practice गर्यो । मैले
एस्सो नजर लगाएं र भने -"ल यत्तिको भये त काम चलिहाल्यो नि । " उसले मेरो
ID कार्डमा Signature गर्यो र गर्बसाथ भन्यो -"ठ्याक्कै Campus Chief हो
नि भाई हामी त " अनी मुसुक्क हांस्यो ।
ID कार्ड हातमा लिएं र
खलासीको नजरले कार्ड चेक गरें । कार्ड नक्कली भन्नलाई कुनै प्रमाण थिएन ।
अरु कसैले गर्न नसकेको काम गरेझैं म असाध्यै खुशी भयें । अनी सोचें- अब त म
पनि ढुक्कसँग खलासिलाई भन्नेछु - "दाई मेरो नि कार्ड छ । "
